काठमाडौँ मै गैर कानुनी कल सेन्टर, ३६ जना पक्राउ

नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीले तीनकुनेमा गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको स्काई वल्र्ड सर्भिस सेन्टरबाट उनीहरुलाई पक्राउ गरेको हो ।नेपाल प्रहरीका प्रवक्ता टेकवहादुर राईका अनुसार पक्राउ पर्नेमा एक चिनीयाँ, दुई भारतीय र ३३ नेपाली नागरिक रहेका छन् । उनले जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत नगर प्रहरी कार्यालय, प्रहरी वृत्तसमेतबाट खटिएको प्रहरी टोलीले कार्यालयमा छापा मारी विद्युतीय उपकरणसहित नियन्त्रणमा लिइएको बताए । हिजो मात्र रुपन्देहीमा कल सेन्टर सञ्चालन गर्नेलाई पक्राउ गरिएको थियो ।उनका अनुसार अवैध तवरले कामदारहरू राखी सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाँक, धम्की दिई, व्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोलमोलाइ गर्ने जस्ता गतिविधि गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुसँग नगद आठ लाख २९ हजारसहित ल्यापटप ३६२ थान, डेस्कटप कम्प्युटर ७४८ थान र एकवटा डिभिआरसमेत नियन्त्रणमा लिइएको छ । पक्राउमा परेका व्यक्तिहरुउपर प्रहरीद्वारा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

अवैध कल सेन्टर संचालन गर्ने दुई चिनियाँ नागरिक पक्राउ

विरगञ्ज। विरगञ्जमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनिया नागरिक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगंज महानगरपालिकाको वडा नं। १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको हो । कल सेन्टर संचालन गरेर अवैध कारोबार संचालन गर्ने दुई चिनिया नागरिकलाई पक्राउ गरिएको […]

रुपन्देहीमा कल सेन्टर छापा प्रकरण : व्यवस्थापक पक्राउ, सीआइबीको टोली फिर्ता

रुपन्देहीको कल सेन्टर छापा प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–२, जानकी नगरमा सञ्चालन भएको कल सेन्टरबाट ठगी भएको सूचनाका आधारमा केही दिनअघि प्रहरीले छापा मारेको थियो ।प्रहरीले छापा मार्दा फरार रहेका व्यवस्थापक कमलजंग  सेनलाई प्रहरीले पक्राउ गरी आज अदालतबाट म्याद थप गरेको छ । रोल्पा जिल्लाका ३४ वर्षीय सेनलाई बुटवलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।पक्राउ परेका सेन उक्त कल सेन्टरको व्यवस्थापन हेर्ने व्यक्ति

कल सेन्टर खोलेर ठगी गर्ने गिरोहका दुई जना मुख्य नाइके समातिए

बुटवल : रूपन्देहीको तिलोत्तमामा कल सेन्टर खोलेर ठगी गर्ने गिरोहका मुख्य नाइके दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरीले मुख्य भुमिकामा रहेका दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ४० वर्षीय हिमाल बाठा मगर र भारतको बिहार प्रदेशका २५ वर्षीय जिसाद दवाङ्गे भन्ने निरञ्जन कुमारलाई पक्राउ गरेको छ।…

गैरकानुनीरुपमा कल सेन्टर सञ्चालन गर्ने ३६ जना पक्राउ

नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीले तीनकुनेमा गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको स्काई वल्र्ड सर्भिस सेन्टरबाट उनीहरुलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता टेकवहादुर राईका अनुसार पक्राउ पर्नेमा एक चिनीयाँ, दुई भारतीय र ३३ नेपाली नागरिक रहेका छन् । उहाँले जिल्ला प्रहरी परिसर …

गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने ३६ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीले तीनकुनेमा गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको स्काई वल्र्ड सर्भिस सेन्टरबाट उनीहरुलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता टेकवहादुर राईका अनुसार पक्राउ पर्नेमा एक चिनीयाँ, दुई भारतीय र ३३ नेपाली नागरिक रहेका छन् । उनले जिल्ला प्रहरी […]

गैरीगाउँस्थित कल सेन्टरमा प्रहरीको छापा, नेपाली र चिनियाँसहित २० पक्राउ

अवैध कल सेन्टर सञ्चालनमा संलग्न २० अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक रहेका छन्।  गैरीगाउँस्थित घर भाडामा लिइ कल सेन्टर चलाएको सुचनापछि महानगरीय प्रहरी परिसर काठमाडौं र...

अवैध कल सेन्टर सञ्चालन गर्ने ११५ जना पक्राउ

काठमाडौं । घर भाडामा लिएर अवैध कल सेन्टर सञ्चालन गरेको अभियोगमा प्रहरीले राजधानीको दुई स्थानबाट १ सय १५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय अपराध महशाखाको टोलीले विशेष सुराकीका आधारमा सोमबार राति र मंगलबार गरी ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ गरेको हो । प्रहरीले बिहान नयाँ बानेश्वरबाट ३५ जनालाई पक्राउ गरेको थियो । […]

अवैध कल सेन्टर सञ्चालक चिनियाँ नागरिकसहित ८० जना पक्राउ

भक्तपुर : भक्तपुरमा अवैध कल सेन्टर सञ्चालन गर्ने सञ्चालकसहित ८० जनालाई प्रहरीले सानो थिमिबाट आज पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा कल सेन्टर सञ्चालक चिनियाँ नागरिक २९ वर्षीय वाङ चु नाओ सहित ३३ जना पुरुष र ४७ जना महिला छन्।प्रहरीले प्राप्त गोप्य सूचनाका आधारमा सानो थिमिस्थित तीनतले घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूका साथबाट कल सेन्टर सञ्चालन गर्न प्रयोग भएका डेस्कटप कम्प्युटर १४ थान, ल्यापटप ४८ थान र आइप्याड २ थानसहितका उपकरण समेत बरामद गरेको छ।काठमाडौंको काँडाघारीस्थित सनसि

कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा चिनियाँ नागरिकसहित ठिमीबाट ८१ जना पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरले सानोठिमी क्षेत्रबाट एक चिनियाँ नागरिकसहित ८१ जनालाई पक्राउ गरेको छ। घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।  भारतमा रहेका व्यक्तिलाई...