काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको १० बुँदे सहमतिलाई नाटकको संज्ञा दिएका छन्।एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेर अघि बढेका नेपालले पहिलो केन्द्रीय कमिटीको बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘हामीले एकताको पहल गरिरह्यौँ। तर, ओली पक्षले निरन्तर रूपमा विभाजनकारी क्रियाकलाप अगाडि बढाइरह्यो। सांगठानिक हिसाबले विभाजनकारी गतिविधि गरेको मात्र होइन पार्टीले अँगालेका सिद्धान्त एवं विचार र नवौं महाधिवेश