विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आफ्नो सम्पत्ति विवरण महानगरपालिकामा बुझाएका छन् । यद्यपि अहिलेसम्म औपचारिक रुपमा उनको सम्पत्ति विवरण भने वेभसाइटमा राखिएको छैन । उनले बुझाएको सम्पत्ति विवरणमा यसअघि चर्चा गरिएजस्तो धेरै देखिएको छैन । उनले विराटनगरको वडा नम्बर १५ र वडा नम्बर ११ मा गरी झण्डै ५ बिगाहा जग्गा रहेको उल्लेख गरेका छन् । प्रमुख कोइरालाले आफ्नो नाममा रहेको मात्रै सम्पत्ति विवरण बुझाएको उनका प्रेस सल्लाहकार मिनकुमार नवोदित श्रेष्ठले बताएका छन् । ‘उहाँले आमा, बु