नीतिमार्फत नै राज्य क्रियाशील हुन्छ । संवैधानिक निर्दिष्टता र राज्यका अभिष्टहरू पूरा गर्ने आधार पनि नीति नै हो ।
राजनीतिक समाजले सर्वसाधारणका आवश्यकता र समस्यालाई सम्बोधनका लागि गरेका वाचा राज्यइच्छाका रूपमा नीतिमा देखिन्छन् । नीति कार्यसूचीको तय र नीति निर्णयमा राजनीति र प्रक्रिया सम्पादन, विश्लेषण तथा कार्यान्वयनमा प्राविधिक पक्षको भूमिका अहम् रहन्छ । त्यसैले राष्ट्रिय नीति राजनीति र प्रशासनको संयोजित भूमिकाको परिणाम हो ।
नीति तर्जुमाका लागि कति समय विनियोजन गर्ने, कति समयसीमाभित्र नीतिले सम्पूर्ण स्वरूप धारण गरिसक्नु...