गठबन्धन बैठक बस्नुअघि प्रधानमन्त्री देउवा आन्तरिक परामर्शमा

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठकअघि आन्तरिक परामर्श थालेका छन् । मन्त्रिपरिषद बैठक सकिएलगत्तै देउवाले पार्टीका शीर्ष नेतासँग संवाद थालेको एक नेताले रातोपाटीलाई बताए । देउवासँगको छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री बालकृष्ण खाण र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् ।गठबन्धनका नेताहरु बालुवाटार आउने क्रम चलिरहेका बेला देउवा भने आन्तरिक परामर्शमा रहेका छन् । यता बिहान काँग्रेस नेता मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए

सम्बन्धित सामग्री

सत्ता गठबन्धन बैठक : सीमाको विषयलाई कुटनीतिक ढंगले समाधान गर्न सुझाव

गठबन्धनमा आवद्ध दलका नेताहरुले सीमाको विषयलाई कुटनीतिक ढंगले समाधान निकाल्न प्रधानमन्त्री शेरबहादुर  देउवालाई सुझाव दिएका छन् । बिहीबार बसेको  सत्ता गठबन्धनको बैठकमा उनीहरुले उक्त सुझाव दिएका हुन् । बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी नेतृ एवम् सांसद दुर्गा पौडेलले भनिन्, ‘भारत भ्रमणका क्रममा सीमाको विषयलाई कुटनीतिक तवरले समाधान निकाल्न सत्ता गठबन्धनका अन्य दलका नेताहरुले प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।’  प्रधानमन्त्री देउवा चैत १८ गतेद

ओली भेट्न बालकोट पुगे देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भट्न बालकोट पुगेका छन् । सत्तारूढ गठबन्धन बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न गएका हुन् । प्रधानमन्त्री देउवा पत्नी आरजु राणासहित साढे ८ बजे ओली निवास बालकोट पुगेका थिए । सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ । एमसिसी संसद्‍मा टेबल […]

गठबन्धन बैठक लगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोटमा

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर गठबन्धन टुट्न लागेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटन बालकोट पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साझ बसेको गठबन्धनको बैठक लगत्तै देउवा राति ८ बजेपछि बालकोट पुगेका हुन् । एमसीसीबारे गठबन्धनमा सहमति नभएपछि देउवा ओलीसँग परामर्श गर्न पुगेका हुन् । आजै कांग्रेसका दोस्रो तहका नेताहरुले पनि ओलीसँग कुरा गरेका थिए । गठबन्धनको बैठक लगत्तै देउवा ओलीलाई भेट्न बालकोटतर्फ लागेका हुन् ...

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल

सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि बैठक बोलाइएको हो ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको थियो । सोही  छलफलपछि प्रधानमन्त्री देउवा बुधबारको संसद बैठकमा एमसीसी टेबल नगर्न

एमसीसीबारे अन्तिम छलफल गर्न भोलि गठबन्धनको बैठक बालुवाटारमा

एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको हो ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए ।प्रधानमन्त्री निवास बालुवाटारमा आजै प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको हो ।प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवा आज एमसीसी टेबल नगर्न समेत सहमत भएका थिए ।.gr

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता : शुक्रबार गठबन्धन बैठक

प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता गठबन्धनका शीर्ष नेताले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।