नेपालकै लामो र गाह्रो ग्रेट हिमालय ट्रेल

नेपालको हिमालय क्षेत्रमा पूर्व–पश्चिम भएर पैmलिएको र लगभग तीन महिना लाग्ने ‘ग्रेट हिमालय ट्रेल’ (जिएचटी) रुट पश्चिममा अफगानिस्तान, पाकिस्तान, भारत, मध्यमा नेपाल, भुटान हुँदै पूर्वमा बर्मासम्म पैmलिएको छ । यो लामो रुटमा अहिलेसम्म धेरै कम पदयात्रीले मात्रै पदयात्रा गर्न सकेको तथ्यांक छ ।तर, नेपाल खण्डको ग्रेट हिमालय ट्रेलको रुटमा चाहिँ केही बढी पदयात्रीले पदयात्रा गरेका […]

सम्बन्धित सामग्री

ग्रेट हिमालय ट्रेलको बजारीकरण

विश्वकै लामो ट्रेलका रूपमा पहिचान गरिएको ग्रेट हिमालय ट्रेलको विकास तथा विस्तार निकै सुस्त गतिमा अघि बढिरहेको छ । घोषणाको १ दशक बितिसक्दा पनि ट्रेलको काम अघि बढ्न सकेको छैन भने पर्यटकले यसबारेमा खासै चर्चा गरेको समेत पाइँदैन । यसो हुनुको कारण यसको सही ढंगले प्रचार र बजारीकरण हुन नसक्नु हो । मुख्य कुरा हिमालय ट्रेलको प्रचार नै हो । यो पदयात्राका लागि अद्वितीय प्रडक्ट हो तर त्यसको प्रचार भएको छैन । यसका लागि जसरी सगरमाथाको देश भन्ने नेपालको पहिचान छ त्यसैगरी ‘द कन्ट्री अफ हिमालय ट्रेल’का रूपमा पहिचान स्थापित गरिनुपर्छ ।  नेपालले पदयात्रामा आउने पर्यटकको मनोविज्ञान बुझ्न नसकेको देखिन्छ । पदयात्रामा आउनेहरूले प्राकृतिक रूपलाई बिगार्ने गरी तयार पारिएको संरचनालाई रुचाउँदैनन्, किनकि पदयात्रा साहसिक कार्यभित्र पर्छ । प्रकृतिको चुनौतीलाई सामना गर्ने सोच नै साहसिक पर्यटनको मूल मनोविज्ञान हो । त्यसैले ग्रेट हिमालय ट्रेलमा बाटो बनाएर पदमार्ग तय गर्नु गलत हो । पदयात्रा एडभेन्चर पर्यटन हो । एडभेन्चर पर्यटनमा सजिलो बाटो खोजिँदैन, रहस्यको सामना गर्न तयार भएर नै पर्यटक आउँछन् । तर, अहिले त्यो रहस्यलाई निमिट्यान्न गर्ने गरी पदमार्गहरूमाथि अतिक्रमण गरिएको छ । ट्रेलमा भौतिक पूर्वाधार ‘निर्माण’ जरूरी छैन । एकाध पुलपुलेसा आवश्यक पर्छन् । त्यसबाहेक भौतिक संरचना बनाइनु हुँदैन । कतिपय पदमार्गको समानान्तर कच्ची सडक बनाइएको छ जहाँ गाडी गुड्छन् । गाडीले उडाएको धूलो र धुँवा खाँदै को पदयात्रा गर्न आउला ? त्यसैले पदयात्रा सम्बन्धमा नेपालले गम्भीर भएर सोच्ने बेला आएको छ । विश्वभरि नै छोटो र लामो दूरीको पदयात्राप्रति मानिसहरूको आकर्षण पाइन्छ । यस्तो पदयात्रा गर्ने बाटो प्राकृतिक हुनुपर्छ, सुनसान हुनुपर्छ र आपत् पर्दा चाहिँ उद्धार गर्न सकिने हुनुपर्छ । यति कुरामा ध्यान दिएर पदयात्रा मार्गको रूट तय गरिनुपर्छ । रूटको नाममा सिँढीयुक्त बाटो बनाइनु गलत हो । कल्पना गरौं, सगरमाथा आरोहणका लागि यस्तै बाटो बनाइएको भए त्यसको रहस्यात्मकता र सौन्दर्यले पर्यटकलाई साहसी बनाउँथ्यो होला त ? पक्कै पनि यसमा केही कमी आउँथ्यो । हिमालय ट्रेल पनि सगरमाथा आरोहण जत्तिकै रोमाञ्चक र साहसिक छ । तर, यसको प्रचार हुन सकेको छैन । जसरी सगरमाथा चढ्नुलाई गौरवको विषयका रूपमा प्रचार गरिन्छ हिमालय ट्रेल पूरा गर्नुलाई पनि त्यस्तै गौरवको विषयका रूपमा प्रचार गरिनुपर्छ । यो सगरमाथा चढ्नुजत्तिकै एड्भेन्चर हो तर नेपाल सरकारले नै समान किसिमले महत्त्व दिएको छैन । यसलाई गौरव र महत्त्वपूर्ण बनाउन बाटो सजिलो बनाउनुभन्दा पनि यात्रा गर्नेलाई प्रमाणपत्र दिनु बढी प्रभावकारी हुन्छ । ट्रेल पूरा गर्नेलाई त्यसको प्रमाणपत्र दिने हो भने त्यसको प्रचार बढी हुन्छ । हो, पूरै ट्रेल एकैपटकमा पदयात्रा गर्न सकिन्न । त्यसो हुँदा पटकपटक यात्रा गर्नेलाई पनि त्यसैअनुसार प्रमाणपत्र दिन सकिन्छ । पटकपटक गरेर पूरा ट्रेल यात्रा गर्नेलाई पनि प्रमाणपत्र दिनुपर्छ । यसो गर्दा यस ट्रेलमा गरिने पदयात्रा विशेष बन्छ । अहिलेसम्म एकाध व्यक्तिले मात्रै पूरै ट्रेलमा यात्रा गरेको देखिन्छ ।   नेपाल रहस्यले भरिएको देश हो । यही रहस्यकै कारण पर्यटक आउने हुन् । त्यो रहस्य र अद्वितीय विशेषतालाई नेपालले जोगाउनुपर्छ । त्यही कुरालाई बजारीकरण गरेर पर्यटकलाई आकर्षित गर्नुपर्छ । त्यसैले प्रकृतिको चुनौतीपूर्ण संरचनालाई सहज बनाइनु हुँदैन । त्यो चुनौतीपूर्ण र रहस्यपूर्ण नै रहन दिनुपर्छ । यसैका लागि पर्यटक आउने हुन् । खर्चालु र बढी समयसम्म बस्ने पर्यटक ल्याउने हो भने नेपालको यो विशेषतालाई मर्न दिनु हुँदैन । पदयात्राका लागि आवश्यक नक्सा, एप, उद्धार र सहयोगको व्यवस्था, सुरक्षाजस्ता कुरामा भने सरकारले ध्यान दिनुपर्छ । अहिले ठाउँठाउँमा पदयात्रा मार्ग बिगारिएको पाइन्छ । त्यसमा संघ सरकारले ध्यान दिनुपर्छ र त्यसलाई रोक्नुपर्छ । गाइडविना यात्रा गर्नेलाई गाइडसहित यात्रा गर्नेलाई भन्दा केही बढी दस्तुर लिनु उपयुक्त हुन्छ । मुख्य कुरा हिमालय ट्रेलको प्रचार नै हो । यो पदयात्राका लागि अद्वितीय प्रडक्ट हो तर त्यसको प्रचार भएको छैन । यसका लागि जसरी सगरमाथाको देश भन्ने नेपालको पहिचान छ त्यसैगरी ‘द कन्ट्री अफ हिमालय ट्रेल’का रूपमा पहिचान स्थापित गरिनुपर्छ ।

महत्त्वाकांक्षी ग्रेट हिमालय ट्रेल विस्तार सुस्त

काठमाडौं । विश्वकै लामो ट्रेलका रूपमा पहिचान गरिएको ‘ग्रेट हिमालय ट्रेल’को विकास तथा विस्तार सुस्त देखिएको छ । सरकारले २०११ मा घोषणा गरेको नेपाल भ्रमण वर्षको औपचारिक कार्यक्रमबाट ग्रेट हिमालय ट्रेलको विकास गर्ने बताएको थियो । घोषणाको १ दशकभन्दा बढी भइसक्दा समेत यो परियोजनामा सरकारले पर्याप्त बजेट दिन र योजना बनाउन सकेको छैन । यसका लागि बजेट विनियोजन थालेको २ वर्ष मात्रै भएको छ । यूकेएडको संस्था एसएनभी नेपालले ग्रेट हिमालय ट्रेलको विषयमा अध्ययन गरेर सरकारलाई सन् २०१४ मा प्रतिवेदन बुझाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘ट्रेल बजार प्लान २०११–२०१६’ सार्वजनिक गरेर पदयात्रा शुल्कसमेत तोके पनि ट्रेल विस्तारमा भने चासो दिएन ।   चालू आर्थिक वर्ष (आव) २०७९/८० मा भने यो ट्रेलका लागि बजेट बढाइएको छ । पर्यटन विभागका अनुसार यो परियोजनाका लागि आव २०७७/७८ देखि मात्रै बजेट विनियोजन भएको छ । पूर्वको कञ्चजंघादेखि सुदूरपश्चिमको अपी हिमालसम्मको १ हजार ७०० किलोमीटर लामो पदमार्ग विस्तारका लागि शुरू वर्षमा विभागले ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । ग्रेट हिमालय ट्रेललाई माथिल्लो र तल्लो गरेर २ खण्डमा विभाजन गरी काम भइरहेको छ । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले विविध कारणले यो परियोजनाको काममा ढिलाइ देखिएको बताए । ‘माथिल्लो ट्रेलमा काम गर्न जटिलता देखिन्छ । चार हजार मीटरभन्दा माथिको उचाइमा काम गर्नुपर्ने भएकाले सोही किसिमको दक्ष जनशक्ति, सामान लैजान र ढुवानी महँगो हुन्छ,’ उनले भने, ‘राष्ट्रिय वन, निकुञ्ज तथा आरक्षजस्ता संवेदनशील क्षेत्र भएकाले काममा ढिलाइ देखिएको हो । काम नभएको भने होइन ।’ ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा यो ट्रेलको बजारीकरण भइरहेको बताए । ‘यो ट्रेल एकैपटकमा यात्रा गर्नुपर्छ भन्ने छैन,’ बाँस्तोलाले भने, ‘यसलाई ४/५ पटकको प्याकेजमा पूरा गर्न सकिन्छ ।’ अहिले ग्रेट हिमालय ट्रेलको यात्रा गर्ने ‘ट्रेन्ड’ नै शुरू भइसकेको भन्दै उनले पटक–पटक गरेर यो ट्रेल पूरा गर्ने पर्यटक बढेको बताए । ट्राभल कम्पनीहरूबाट ट्रेलका विभिन्न खण्ड विक्री भइरहेको भन्दै उनले थपे, ‘अहिले स्थानीय सरकारबाट ट्रेकिङ ट्रेलको संरक्षणभन्दा पनि मास्ने क्रम बढेको छ ।’ स्थानीय सरकारले यस्ता ट्रेल जोगाएर काम गर्नुपर्ने उनको धारणा छ । वर्षौं लगाएर बजारीकरण गरेका ट्रेलहरूमा करोडौं रुपैयाँ खर्च गरिएको भन्दै उनले स्थानीय सरकारले बाटो नै मासिदिएपछि समस्या हुने बताए । रुबी भ्याली, मनासलु, पश्चिमको सिमकोटतर्फ ट्रेकिङ रूट मासिएको उदाहरण दिँदै उनले भने, ‘गाडीको बाटो हिँड्न विदेशी पर्यटक आउने कुरा भएन । केन्द्रीयस्तरबाटै सरकारले गोरेटो बाटोहरूका साथै पदमार्ग जोगाउने नीति लिनुपर्छ ।’ आफ्नै ट्रेकिङ कम्पनी एशिएन ट्रेकिङ क्लाइम्ब एक्स्पिडिशनबाट यो ट्रेलको पदयात्रा गराएका कम्पनीका अध्यक्ष आङछिरिङ शेर्पाले यो अवधिमा ट्रेलको प्रवर्द्धन हुनुपर्ने तर सरकारको त्यत्ति चासो नदेखिएको बताए । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाका अनुसार २० जनाको समूहले ९९ दिन लगाएर यो ट्रेलको यात्रा गरेको थियो । सरकारले ट्रेल विस्तार तथा पूर्वाधार विकासमा चासो दिनुपर्नेमा उनले जोड दिए । ‘बाटोघाटो व्यवसायीले बनाउने होइन,’ उनले भने, ‘तल्लो ट्रेलमा अस्पताल, सञ्चारको सुविधा छ भने छिट्टै उद्धार गर्न पनि सकिन्छ, तर माथिल्लोमा यस्ता सुविधा छैनन् ।’ प्रचारप्रसार र प्रवर्द्धनमा नेपाल पर्यटन बोर्डले समेत चासो नदिएको उनले बताए । ब्रान्ड बनिसकेको यो ट्रेलमा पदयात्राका लागि चासो आउने गरेको उनको भनाइ छ । ठूलो सम्भावना बोकेको परियोजना भए पनि कतिपय ट्रेकिङ कम्पनीलाई यसका विषयमा जानकारी नै नभएको शेर्पाले बताए । विभागका सिनियर डिभिजनल इन्जिनीयर सचिन्द्रकुमार यादवले आरोहणका लागि खुला गरिएका हिमालको बेस क्याम्पसम्म पुग्ने पदमार्ग बनाउने काम भइरहेको बताए । एसएनभी संस्थाले दिएको प्रतिवेदनअनुसार काम भइरहेको तर सरकारले यस विषयमा विस्तृत अध्ययन नगरेको उनको भनाइ छ । ‘परियोजनाका लागि डेडिकेटेड बजेट,’ छैन, ‘यादवले भने, ‘विभागलाई आएको बजेटबाट छुट्ट्याइने गरेको छ । चालू आवमा भने यो परियोजनाका लागि ३० करोड रुपैयाँ बजेट छ ।’ यो ट्रेलमा सुरक्षित र भरपर्दो यात्राका लागि पदमार्गबाहेकका अन्य महत्त्वपूर्ण संरचना पनि बन्नुपर्छ । खोंचहरूमा झोलुंगे पुल, उद्धार केन्द्र, हेलिप्याड, पोर्टर सेन्टर, सूचना पाटी, सञ्चारको पहुँचजस्ता संरचना बनाउनुपर्छ । यो परियोजना बुझ्नै केही वर्ष लागेको विभागका अधिकारी बताउँछन् । ‘काममा ढिलाइ भएको होइन, सरकारले प्राथमिकतामा ल्याउन समय लाग्यो,’ इन्जिनीयर यादवले भने, ‘अहिलेको स्थितिमा तल्लो ट्रेलमा प्रतिकिलोमीटर २० देखि ३० लाख रुपैयाँ लगानी र माथिल्लोमा झोलुंगे पुल बनाउन, सामना ढुवानीलगायतमा बढी खर्चिलो हुने भएकाले यसको दोब्बर लगानी हुने अनुमान छ । विभागका अनुसार यो ट्रेलको १ हजार ७०० किलोमीटरमध्ये हालसम्म ४१७ किलोमीटर पदमार्ग बनेको छ । कञ्चनजंघा खण्डमा ४० र मकालु–बरुण खण्डमा ४८ किलोमीटर ट्रेल बनिसकेको छ । विभागले यही परियोजनाअन्तर्गत हिमालको बेस क्याम्पसम्म पदमार्ग बनाउने योजना अघि बढाएअनुसार विभिन्न खण्डमा काम भइरहेको यादवले बताए । च्छोरोल्पा–गणेश हिमाल, धवलागिरि, दामोदर कुण्ड, जुगल हिमाल, ठाडेपाटी–गोसाइँकुण्ड, मनासलुको रुबीनाला पास, सामागाउँ पास, बडीमालिका, जिरी सगरमाथा खण्ड, अपी हिमाल, डोल्पा खण्ड र रारा–सिंजा खण्डमा गरी त्यति किलोमीटर पदमार्ग बनेको विभागले जानकारी दिएको छ । हेलम्बु–लाङटाङ खण्डमा पनि ३० किलोमीटर पदमार्ग तयार भएको छ । नेपालमा पर्यटकको बसाइ अवधि र खर्च बढाउन यो ट्रेलले सघाउ पुर्‍याउने व्यवसायी बताउँछन् । तर, यसको प्रचारप्रसार र पूर्वाधार निर्माणमा सरकारले उच्च प्राथमिकतामा दिनुपर्ने उनीहरूको सुझाव छ । नेपाल पर्यटन बोर्डले पर्यटकको खर्च १०० डलर पुगेको अनुमान गरे पनि सन् २०२१ मा एक पर्यटकले १ दिनमा ४८ डलर खर्च गरेको देखिन्छ । पर्यटकको बसाइ अवधि सन् २०२१ मा १५ दशमलव ५ दिन छ ।

‘ग्रेट हिमालय ट्रेल’मा फ्रान्सकी पदयात्री यानिकको १२६ दिन

काठमाडौं । संसारकै सबैभन्दा लामो र उचाईमा रहेको ‘ग्रेट हिमालय ट्रेल’ को नाम सुन्नेहरुलाई यो पदयात्रा मार्ग कस्तो होला ? भन्ने कौतुहल्ता भईहाल्छ । यो पदयात्रा मार्ग धेरै मनोरम एवं निकै आकर्षक होला भनेर विभिन्न देसका पर्यटक यस पदयात्रा क्षेत्रको भ्रमण गर्न लालायित हुन्छन । यस्तै कौतुहलता बोकेर दुई पटकमा गरि १२६ दिनको पदयात्रा भ्रमण […] The post ‘ग्रेट हिमालय ट्रेल’मा फ्रान्सकी पदयात्री यानिकको १२६ दिन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाइकर लामाले ‘जिएचटी अन ह्वील्स्’ एक्लै राइड गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक माउन्टेन बाइकर मंगल लामाले ग्रेट हिमालयन ट्रेल (जिएचटी अन ह्वील्स्) मा एक्लै माउन्टेन बाइक राइड गर्ने भएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै पुर्वमा कञ्चनजंघादेखि पश्चिममा हुम्लासम्म हिमालयको उच्च मार्गहरुमा फैलिएको १ हजार ७ सय किलोमिटर लामो ग्रेट हिमालय ट्रेल (जिएचटी) मा एक्लै सवारी राइड गर्ने योजना बनाएको हो […]