काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताउनुभएको छ । बोर्डले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष हमालले ब्रोकरहरुले लगानीकर्तालाई पैसा नदिने र अन्यत्र लगानी गर्ने गरेको पाइए तत्काल कारबाही गर्ने बताउनुभएको हो । साना लगानीकर्ताको हितमा बोर्डले काम गर्नुपर्ने अबको आवश्यकता भएको अध्यक्ष हमालको […]