‘बारा–पर्सा कोरिडोरमा श्रमिक अस्पताल बनाऊ’

वीरगञ्ज । मधेश प्रदेशका उद्योगी व्यापारीहरूले बारा पर्सा कोरिडोरमा प्रदेशस्तरीय श्रमिक अस्पताल बनाउन सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीको संयोजकत्वमा उद्यमीहरूले बिहीवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसमक्ष यस्तो माग राखेका हुन् । बारा पर्सा कोरिडोर देशकै ठूलो औद्योगिक कोरिडोर भएकाले श्रमिक अस्पताल अपरिहार्य भएको उनीहरूको भनाइ थियो । निजीक्षेत्रले विगत लामो समयदेखि यो माग उठाउँदै आएको छ । यसका लागि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जग्गासमेत छुट्ट्याइसकेको सो भेटमा सहभागी नगरप्रमुख राजन पौडेलले बताए । मन्त्री भण्डारीले सरकार श्रमिक अस्पताल निर्माणका लागि सकारात्मक भएको बताएको अध्यक्ष टेमानीले जानकारी दिए । अस्पताल निर्माण प्रक्रियालाई गति दिने प्रतिबद्धता समेत मन्त्री भण्डारीले व्यक्त गरेका छन् । भेटमा महासंघका एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, रोजगारदाता परिषद्का सहसंयोजक बाबुकाजी कार्की र बारा–पर्सा औद्योगिक कोरिडोरका सभापति सञ्जयकुमार साहलगायत उद्यमीहरू सहभागी थिए ।  उद्यमीहरूले बिहीवार नै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर उद्योग व्यापारका सरोकारहरूमा ध्यानाकर्षण गराएका छन् । भेटघाटमा बारा–पर्सा औद्योगिक कोरिडोरको कार्यान्वयनको माग गरिएको थियो । नयाँ औद्योगिक क्षेत्र, वीरगञ्जमा अन्तररास्ट्रियस्तरको औद्योगिक प्रदर्शनी स्थल, पोलिटेक्निकल इन्स्टिच्युट, सिमरा विमानस्थलको स्तरोन्नति, मोटर भेहिकल ऐनको परिमार्जनलगायत विषयमा उनीहरूले मन्त्री रिजालको ध्यानाकर्षण गराए । आयातित सामानमा लेबलको अनिवार्य व्यवस्थाले निम्त्याएको समस्या समाधानको आग्रह गरेका उद्यमीहरूले स्थानीय सरकारले कबाडी करको नाममा जथाभावी कर उठाएको गुनासो पनि गरे । 

सम्बन्धित सामग्री

२० अर्ब लागतमा हजार बेडको श्रमिक अस्पताल बनाउन सुझाव

एक हजार बेड क्षमता भएको श्रमिक अस्पताल निर्माण गर्न श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले सरकारलाई सुझाव दिएको छ । २५ बिघा क्षेत्रफलमा अस्पताल निर्माण गर्न करिब २० अर्ब लागत लाग्ने...

श्रमिक अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउन सुझाव

काठमाडौं, साउन १६। श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । श्रम मन्त्रालयका सहसचिव दीपक काफ्ले नेतृत्वको अध्ययन कार्यदलले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक पर्ने स्रोतसाधनबारे गरेको अध्ययनको प्रतिवेदन आइतबार मन्त्री कुँवरलाई बुझाएको हो । कार्यदलले तत्काल श्रमिक अस्पताल निर्माण तथा सञ्चालन […]

चर्चामा श्रमिक अस्पताल : कहाँ पुग्यो सरकारको अस्पताल बनाउने योजना ?

काठमाडौं :  पछिल्लो समय देशमा पेशागत अस्पताल बनाउने लहर चलेको छ। शिक्षक अस्पताल, श्रमिक अस्पताल बनाउने सरकारको योजना अहिले चर्चामा छन्। गत माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक अस्पताल बनाउने घोषणा गरेको थियो।  हाल श्रमिक अस्पताल निर्माण गर्न सम्भाव्यता अध्ययन भइरहेको छ। श्रम मन्त्रालयका सह-सचिव दिपक काफ्लेको संयोजकत्वको समितिले सो विषयमा अध्ययन गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए। कहाँ, कसरी निर्माण गर्ने, व्यवस्

श्रमिक अस्पताल निर्माण गर्न सरकारले दियो सैद्धान्तिक सहमति

सरकारले श्रमिक अस्पताल निर्माणका निम्ति सैद्धान्तिक सहमति दिएको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त सहमति दिएको हो।

श्रमिक अस्पताल निर्माणलाई सैद्धान्तिक सहमति

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको प्रस्ताव अनुसार श्रमिक अस्पताल निर्माणको लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ ।बिहिबार बसेको मन्त्रिपरिषद्को वैठकले श्रमिक अस्पताल निर्माणको लागि सैद्धान्तिक सहमति दिएको हो । पदवहाली गरेदेखि नै आफ्नो कार्यकालको प्रमुख लक्ष्य मध्ये श्रमिक अस्पताल निर्माणलाई प्राथमिकता दिएका मन्त्री श्रेष्ठले यसअघि श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको […]

श्रमिक अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति प्रदान

काठमाडौँ । सरकारले श्रमिक अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति दिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पेश गरेको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सहमति प्रदान गरेको एक मन्त्रीले बताए । श्रमिक अस्पताल निर्माणको अवधारणा पत्र स्वीकृत गर्दै सहसचिव शेषनारायण पौडेलको संयोजकत्वमा गठित सम्भाव्यता अध्ययन टोलीले अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत […]

श्रमिक अस्पताल स्थापनाका लागि कार्यदल बन्नु सकारात्मक

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसले देशभरका श्रमिकलाई लक्षित गरी श्रमिक अस्पताल स्थापनार्थ सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरिनु सकारात्मक कदम भएको बताएको छ । नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्रकुमार कुँवरले एक विज्ञप्ति जारी गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई सुलभरूपमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन श्रमिक अस्पताल स्थापनार्थ सम्भाव्यता अध्ययनका लागि […]

श्रमिक अस्पताल निर्माणको तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक अस्पताल निर्माणको लागि तयारी अघि बढाएका छन् ।पदवहाली गरेदेखि नै आफ्नो कार्यकालको प्रमुख लक्ष्यमध्ये श्रमिक अस्पताल निर्माणलाई प्राथमिकता दिएका मन्त्री श्रेष्ठले श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी सम्भाव्यता अध्ययन टोली गठन गरेका छन् ।मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको सम्भाव्यता […]

श्रमिक अस्पताल बनाउन सरकारले बनायो सम्भाव्यता अध्ययन टोली

सरकारले श्रमिक अस्पताल बनाउन सम्भाव्यता अध्ययन टोली गठन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले श्रमिकका लागि मात्र सेवा दिने गरी भिन्दै श्रमिक अस्पताल निर्माणको अवधारणा पत्र स्वीकृत गरिएको जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको टोलीले श्रमिक अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, सञ्चालनको मोडालिटी लगायत विविध पक्षबारे अध्ययन गर्ने छ । राजधानी दै...

बन्ने भयो श्रमिक अस्पताल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक अस्पताल निर्माणको लागि तयारी अघि बढाएका छन् । पदबहाली गरेदेखि नै आफ्नो कार्यकालको प्रमुख लक्ष्यमध्ये श्रमिक अस्पताल निर्माणलाई प्राथमिकता दिएका मन्त्री श्रेष्ठले श्रमिक अस्पताल निर्माणको अवधारणा पत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गठन गरेका हुन् ।मन्त्रालयका श्रम सम्वन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको सम्भाव्यता अध्ययन टोलीले अस्पताल संचालनको लागि मानवीय, भौतिक,