सरकारले श्रमिक अस्पताल बनाउन सम्भाव्यता अध्ययन टोली गठन गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले श्रमिकका लागि मात्र सेवा दिने गरी भिन्दै श्रमिक अस्पताल निर्माणको अवधारणा पत्र स्वीकृत गरिएको जानकारी दिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको टोलीले श्रमिक अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, सञ्चालनको मोडालिटी लगायत विविध पक्षबारे अध्ययन गर्ने छ । राजधानी दै...