सर्बियाली टेनिस स्टार नोभाक जोकोभिचलाई तत्काल रिहा गर्न अस्ट्रेलियाको अदालतले आदेश दिएको छ । कोरोना भाइरसविरुद्ध खोप नलगाएका कारण गत हप्ता अस्ट्रेलिया सरकारले जोकोभिचको भिसा रद्द गरेको थियो । अस्ट्रेलिया सरकारको उक्त निर्णयविरुद्ध जोकोभिच अदालत पुगेका थिए ।