नेकपा एमालेभित्र विवाद चर्किपछि बैठकका निर्णय सार्वजनिक गर्नमा ढिलाइ भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको ‘मनोमानी’ कार्यशैलीप्रति पदाधिकारी खरो रूपमा उत्रिएपछि विवाद बढ्दै जाँदा बैठकका निर्णय सार्वजनिक हुन नसकेको हो ।
विवादकै कारण गत मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको बैठकका निर्णय बिहीवार साँझसम्म सार्वजनिक हुन नसक्नुमा ओलीको व्यवहारलाई लिइएको छ ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आफूखुशी नेताहरूको कार्यविभाजन, स्थायी कमिटी र पोलिटब्युरो गठन, केन्द्रीय सदस्यमा मनोनयन र प्रदेश पदाधिकारी नियुक्त ग...