नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालबीच बुधवार छलफल भएको छ ।
समसामयिक राजनीतिक विषयमा प्रचण्डसँग छलफल गर्न नेपाल बिहान खुमलटार पुगेका थिए ।
उनीहरूबीच एमसीसी, गठबन्धन र कर्णाली मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ ।
सत्ता गठबन्धनमा एमसीसीको विषयलाई लिएर विवाद सिर्जना भएको छ । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्ने भनेको छ भने माओवादी र नेकपा (एस) विना संशोधन एमसीसी पास हुन नहुने अडानमा छन् ।
यही एमसीसीको ...