सुरु भयो चुनावी माहौल, अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने

काठमाडौं : पाँच वर्षपछि देशमा संसदीय निर्वाचनको माहौल सुरु भएको छ। संसदीय निर्वाचन प्रणाली अँगालेको नेपालमा नेताहरुले चुनावको बेला करोडौँ रुपैयाँ खर्च गर्ने गरेका छन्।संघीय सांसद जित्न ७ करोडसम्म खर्च गरेको कांग्रेस नेता डाक्टर सशांक कोइरालाले सार्वजनिक भाषण नै गरेपछि निर्वाचन आयोगको स्पष्टीकरणमा परेका थिए। निर्वाचन आयोगले लाखमा निर्वाचन खर्च तोक्ने तर उम्मेदवारले करोडमा खर्च गर्नुपर्ने अहिलेको बाध्यता हो। त्यसैले पनि होला संसदीय निर्वाचन महँगो भएको स्वयम् संसद्‍वादी दलहरुले समेत बताइरह