काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले तराई/मधेशलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले यस पर्वले नेपाली समाजमा साँस्कृतिक एकताको भावना वृद्धि गर्नसमेत मद्दत पुगेको उल्लेख गरेका छन्। छठ पर्व अत्यन्त श्रद्धा, भक्ति र पवित्रता साथ…