चिट चोर्न नपाएको भन्दै आरआर क्याम्पस काठमाडौंका शिक्षक प्रकाश पुडासैनीलाई कुटिएको विषयमा सदनमा गृहमन्त्री र शिक्षामन्त्रीको जवाफ माग गरिएको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८ लगायत केही अध्यादेशमाथि विरोधको सूचना राख्ने क्रममा सुवालले गृहमन्त्री र शिक्षामन्त्रीको जवाफ माग गरेका हुन् ।
‘चिट चोर्न नपाएको भन्दै आरआर क्याम्पसका प्राध्यापक कुटिएको विषयमा संसदमा शिक्षामन्त्री र गृहमन्त्रीलाई जवाफ दिन माग गर्दछु,’ ...