नेपाली कांग्रेसका सांसद गगन थापाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको सम्बन्धमा दोषीमाथि कारवाहीका लागि भारत सरकारसँग कूटनीतिक लडाईं लड्नेबारे सरकारको जवाफ माग गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणसँगको प्रश्नोत्तरमा कांग्रेस सांसद थापाले सन् २०१२ मा भारतको केरलामा इटालीका सेनाको गोलीबाट दुईजना माझी मारिएको घटनाको स्मरण गराएका हुन् ।
‘सन् २०१२ मा भारतको केरलामा इटालीका मरिनहरूको गोलीबाट दुई जना भारतीय मछ...