काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन्। आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए। उनले भने, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ।’काँग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरूको माग रहेको उनले बताए।