शेयर बजारमा उत्साह: ५५ अंकले बढ्यो सूचक, फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५५.८८ अंकले बढेर २०६५.८९ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २१५ कम्पनीका ६० लाख २६ हजार १ सय ९२ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६ सय ११ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । जस मध्ये शिवम सिमेन्टको सबैभन्दा धेरै २१ करोड २ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ५५ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ४१ लाख, नेपाल टेलिकमको ६ करोड ८५ लाख तथा अरुण भ्याली हाइड्रोको ६ करोड १४ लाख बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सबै भन्दा धेरै ७.३८ प्रतिशत तथा विकास बैंक समुह ५.३२ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रो समुह ४.४३ तथा ट्रेडिङ समुह ४.३८ प्रतिशतले बढेको छ ।आज श्री इन्भेष्टमेन्ट फाईनान्स, मल्टिपर्पोज फाइनान्स, राधि हाइड्रो, रिभर फल्स पावर, पन्चकन्या माई हाइड्रो लगायतका शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज रिडी पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशत गुमाएका छन् । आज गुराँस लघुवित्तको शेयर मूल्य २.७० प्रतिशतले घटेको छ भने शिवम सिमेन्टको शेयर मूल्य २.१२ प्रतिशतले घटेको छ ।आज कारोबारमा आएका मध्ये १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको शेयर मूल्य घटेको छ ।  

सम्बन्धित सामग्री

नेप्सेमा नेपाल फाइनान्स र गरिमा विकास बैंकको शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २ कम्पनीको शेयर सुचिकृत भएको छ । आज नेपाल फाइनान्सको हकप्रद शेयर र गरिमा विकास बैंकको बोनस शेयर सुचिकृत भएको हो ।आज नेपाल फाइनान्सको ७० प्रतिशतले हुन आउने २३ लाख १९ हजार ७ सय ५८ दशमलव ८८ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो। त्यस्तै आज गरिमा विकास बैंकको १६ प्रतिशतले हुन आउने ६३ लाख १७ हजार ९२ दशमलव ९६८१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  । ५४ अंकले बढ्यो नेप्से सूचक, बीमा समुहमा लगानीकर्ताको आकर्षण साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । ज नेप्से सूचक ५४.५८ अंकले बढेर २१९५.१० को बिन्दुमा  पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २२० कम्पनीका १ करोड १३ लाख ३९ हजार ४ सय ७६ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २ सय ७२ रुपैयाँको कारोबार भएको छ। जस मध्ये शिवम सिमेन्टको सबैभन्दा धेरै २१ करोड ३४ लाख बराबरको कारोबार भएको छ भने नेपाल टेलिकमको नेपाल टेलिकमको १५ करोड २३ लाख, एशियन लाइफ इन्स्योरेन्सको ११ करोड ५४ लाख तथा हिमालयन डिस्टिलरीको १० करोड ३७ लाखको कारोबार भएको छ ।  आज कारोबारमा आएका फाइनान्स बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये लगानी समुह सबैभन्दा धेरै ४.७६ प्रतिशत, निर्जीवन बीमा समुह ४.५१, जीवन बीमा समुह ४.१६ , त्तहा ट्रेडिङ समुह ३.६२ प्रतिशतले बढेको छ । आज बैंकिंग समुह २.९२ प्रतिशतले बढेको छ ।आज नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, प्रुडेन्शियल इन्स्योरेन्स, र एनएलजी इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज गुडविल फाइनान्सको ऋणपत्रको शेयर मूल्य सर्वाधिक ३.९४ प्रतिशतले बढेको  छ भने नेशनल हाइड्रोको शेयर मूल्य ३.३० प्रतिशत तथा मल्टीपर्पोज फाइनान्सको शेयर मूल्य ३.१२ प्रतिशतले घटेको छ ।

५९ अंकले बढ्यो नेप्से सूचक, फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण

आज बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ५९.५४ अंकले बढेर १९८६.८२ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २२५ कम्पनीका ५७ लाख ८७ हजार १ सय २५ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबै भन्दा धेरै ९ करोड २ लाख , एनआईसी एसिया बैंकको ८ करोड ३३ लाख, नेपाल बैंकको ७ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक बढेको छ । जस मध्ये फाइनान्स समुह सबै भन्दा धेरै ६.९६ प्रतिशत तथा विकास बैंक समुह ६.२५ प्रतिशतले बढेको छ । आज नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

नेप्सेमा उछाल: शिवमको कारोबार उच्च, विकास बैंक र फाइनान्समा आकर्षण

आज बिहिबार शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ७४.९३ अंकले बढेर २०३७.६४को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २२७ कम्पनीका ७२ लाख ७४ हजार ७० कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४ सय ९५ रुपैयाँको कारोबार भएको छ। जस मध्ये शिवम् सिमेन्टको सबैभन्दा धेरै ९ करोड ९५ लाख २० हजार ६ सय ३० रुपैयाँको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ७ करोड ९७ लाख, एशियन लाइफ इन्स्योरेन्सको ५ करोड ९९ लाख, अरुण कब्लीको ५ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।आज नेपाल फाइनान्स, मैलुंग खोला जलविद्युत कम्पनी, न्यादी हाइड्रो, सिवाईसी नेपाल लघुवित्त , आंधीखोला लघुवित्त, र सुर्योदय वोमी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बरुण हाइड्रोको शेयर मूल्य सर्वाधिक २.६५ प्रतिशतले घटेको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक ७.३१ प्रतिशतले बढेको छ भने फाइनान्स समुह ६.९८ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक समुह ६.१३ प्रतिशतले बढेको छ ।

४१ अंकले बढ्यो नेप्से सूचक, विकास बैंक र फाइनान्समा लगानीकर्ताको आकर्षण

आज बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज सूचक ४१.३९ अंकले बढेर  १९६२.७१ को बिन्दुमा  पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२८ कम्पनीका ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता शेयर खरिद बिक्रि बाट १ अर्ब ४३ करोड १४ लाख ६ सय ४१ रुपैयाँको कारोबार भएको छ । जस मध्ये ङादी ग्रुप पावरको सर्वाधिक ५ करोड ४२ लाख, एसियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख, तथा नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ७० लाखको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुह भन्दा धेरै ६.५६ प्रतिशत बढेको छ भने विकास बैंक समुह ४.४३ प्रतिशत तथा फाइनान्स समुह ४.१४ प्रतिशतले बढेको छ । आज आंधीखोला लघुवित्त, र सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने बरुण हादिरोको शेयर मूल्य ९.४५ प्रतिशत तथा सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.६५ प्रतिशतले बढेको छ । आज मैलुंग खोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक १.९१ प्रतिशतले घटेको छ ।

शेयर बजार साढे १५ अङ्कले बढ्यो, निफ्राको शेयरमा लगानीकर्ताको आकर्षण

काठमाण्डाै – हिजो आइतवार घटेको शेयर बजार आज साेमवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६९ अङ्कले बढेर दुई हजार आठ सय ५१ दशमलव ८६ विन्दुमा पुगेको छ । आज व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादन र अन्य समूहको शेयर बढेको छ । बैंकिङ, होटल र माइक्रोफाइनान्स समूहको शेयर भने ओरालो लागेको छ । आज ९५ लाख १२ हजार कित्ता शेयर पाँच अर्ब दुई करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको ४९ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज निफ्राको शेयर सबैभन्दा धेरै झन्डै&n...