काठमाण्डाै – हिजो आइतवार घटेको शेयर बजार आज साेमवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६९ अङ्कले बढेर दुई हजार आठ सय ५१ दशमलव ८६ विन्दुमा पुगेको छ ।
आज व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादन र अन्य समूहको शेयर बढेको छ । बैंकिङ, होटल र माइक्रोफाइनान्स समूहको शेयर भने ओरालो लागेको छ ।
आज ९५ लाख १२ हजार कित्ता शेयर पाँच अर्ब दुई करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको ४९ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज निफ्राको शेयर सबैभन्दा धेरै झन्डै&n...