कोभिड ओमिक्रोन: भारतमा कोरोना भाइरस सङ्क्रमित मानिसको सङ्ख्या फेरि उकालो लाग्यो, तेस्रो लहरको त्रास बढ्यो

एजेन्सी, १७ पुस। भारतमा गत साता कोभिड भएका मानिसको सङ्ख्यामा ठूलो वृद्धि भएको देखिएकाले त्यहाँ ओमिक्रोनका कारण कोरोनाभाइरस महामारीको तेस्रो लहर आउने त्रास फैलिएको छ। शनिवार बिहान प्रकाशित तथ्याङ्कका अनुसार विगत २४ घण्टामा देशभरि २२,७७५ सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा ४०६ जनाको कोभिडका कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यो अक्टोबरयता एकैदिन […]

सम्बन्धित सामग्री

भारतमा बिस्तारै बढ्दै संक्रमित र मृत्युदर

भारतमा कोरोना भाइरस सङ्क्रमित र मृत्यु हुनेको संख्या विस्तारै बढ्न थालेको छ । शनिबार मात्र त्यहाँ थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन । संघीय स्वास्थ्य मन्त्रालयले दैनिक सङ्क्रमित र मृतकहरूको सङ्ख्या …

भारतमा कति पुगे कोरोना भाइरस सङ्क्रमित ?

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १५८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ४२ हजार ८४१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १७५ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५२ हजार ९३ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ७९ हजार भन्दा बढी व्यक्ति

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या १ लाख १२ हजार नाघ्यो

गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार ३५९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ४३५ जना पुगेको छ । यसको संक्रमितको संख्या १ लाख १२ हजार ३५९ पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ४५ हजार ३०० जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ६३ हजार ६२४ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७० हजार नाघ्यो

गत २४ घण्टामा मात्र ३ हजार ६०५ जना कोरोना भाइरस सङ्क्रमित थपिएकाे स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।