गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार ३५९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
बिहीबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ४३५ जना पुगेको छ । यसको संक्रमितको संख्या १ लाख १२ हजार ३५९ पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ४५ हजार ३०० जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ६३ हजार ६२४ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।