प्याराग्लाइडिङका युकेश र फुटबलकी सावित्रा उत्कृष्ट, अरु क-कसले जिते अवार्ड? :: Pahilopost.com

काठमाडौं : प्याराग्लाइडिङका युकेश गुरुङ र फुटबलकी सावित्रा भण्डारी वर्ष २०७५ को उत्कृष्ट खेलाडी घोषित भएका छन्। २०७५ सालभर नेपालको लागि उत्कृष्ट प्रदर्शन गरेका यी खेलाडीले नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको १६औं पल्सर स्पोर्ट्स अवार्डमा वर्ष खेलाडीको अवार्ड जितेका हुन्। इन्डोनेसियामा नेपालले प्याराग्लाइडिङ टिम इभेन्टमा रजत पदक

सम्बन्धित सामग्री

पोखरा स्पोर्ट्स अवार्ड: रोजीना, सावित्रा र सुस्मिताबिच उत्कृष्ट बन्ने होड

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्षउत्कृष्ट खेलाडी महिलातर्फको उपाधि चुम्न तीनजना खेलाडीबिच प्रतिष्पर्धा हुने भएको छ। प्रतिष्पर्धा गर्नेमा आर्चरीकी रोजीना थापामगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर रहेका छन्।

पारस दशकका उत्कृष्ट पुरुष खेलाडी, सावित्रा महिलातर्फ उत्कृष्ट

काठमाडौं, ८ चैत्र । क्रिकेटका पूर्व खेलाडी पारस खड्का दशकका उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । दशककै उत्कृष्ट महिला खेलाडी फुटबलकी सावित्रा भण्डारी घोषित भइन् । नेपाल खेलकुद पत्रकार मञ्चले आज आयोजना गरेको पल्सर स्पोटर्स अवार्डमा पारस र सावित्राले उत्कृष्टको उपाधि प्राप्त गरेका हुन् । पिपुल्स च्वाइस अवार्ड टेबल टेनिसकी एलिना महर्जनले प्राप्त गरेकी […]

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : ‘पिपुल्स च्वाइस अवार्ड’ अरूणा शाहीलाई

काठमाडौं : एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’को उपाधि भलिबल टिमकी कप्तान अरूणा शाहीले जितेकी छन्। आज सेमीभर्चुअल माध्यमबाट सम्पन्न अवार्ड कार्यक्रममार्फत उनले अवार्ड जितेको घोषणा गरिएको हो। पिपुल्स च्वाइस अवार्डमा यसपटक मनोनयनमा पर्ने पाँच खेलाडीमा पौडीकी गौरिका सिंह, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदीना

एनएसजेफ पल्सर स्पोर्ट्स अवार्डः चार विधाको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकुद पत्रकारको आयोजना हुन लागको १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्र्तगत विभिन्न चार विधाको मनोनयन मंगलबार सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो। हरेक वर्ष झै मञ्चले वर्षका पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो। वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन्। वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन्। यस्तै वर्षका युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन हुँदा वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन्। नेपाल खेलकुद पत्रकार मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठित ११ सदस्यीय छनोट समितिले खेलाडी तथा प्रशिक्षकको छनोट गरेको थियो। २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडीलाई मनोनित गरिएको छनोट समितिका संयोजक रेग्मीले बताए। यस अघि आयोजक मञ्चले पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिसकेको छ। पिपल्स च्वाइस विधामा मनोनित पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङ लाइन जारी रहेको छ। इ–सेवामार्फत भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुनेछ। पल्सर स्पोर्ट्स अवार्डमा अन्य विधा पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारलाई समेत सम्मान गरिने बताईएको छ। यस वर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को रूपमा प्रदान गरिने आयोजकले जनाएको छ। वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार ...

'पीपल्स च्वाइस अवार्ड'का मनोनीत हुने यी हुन् पाँच खेलाडी

काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको 'एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७६' अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि पाँच खेलाडी मनोनित भएका छन्। पुष २८ गते हुने अवार्ड कार्यक्रमका लागि आज मञ्चले मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो। यसपटक मनोनयनमा पर्ने पाँच खेलाडीमा पौडीकी गौरिका सिंह, फुटबलकी सावित्रा