काठमाण्डौ : फर्पिङकाे जङ्गलमा युवक–युवतीकाे शव भेटियाे

काठमाण्डाै – काठमाण्डौको दक्षिणकाली नगरपालिकाकाे फर्पिङ जङ्गलमा दुई जनाको शव फेला परेको छ । अन्दाजी २०/२१ वर्षका युवक र युवतीको शव फेला परेको फर्पिङ प्रहरीले जनाएको छ । शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।  मृतकको परिचय खुल्न सकेको छैन । शव भेटिएकाे ठाउँ नजिकै विषको बट्टा पनि फेला परेको छ । हत्या वा आत्महत्या केहो भन्नेबारे खुलेको छैन ।  अहिले काठमाण्डाै जिल्ला प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि घटनास्थलमा पुगेको छ । 

सम्बन्धित सामग्री

चारआली जङ्गलमा दुई शव भेटियाे

झापा । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा आज दुई शव फेला परेको छ । अन्दाजी ४० देखि ४५ वर्ष भित्रका एक महिला र त्यस्तै उमेर समूहको पुरुषको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वको टोलीले शव’bout अनुसन्धान गरिरहेको छ । उनका अनुसार शवको पहिचान भइसकेको छैन । The post चारआली जङ्गलमा दुई शव भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खाल्डोमा पुरिएको अवस्थामा दाङमा किशोर-किशोरीको शव भेटियाे

दाङ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका-१३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङका डीएसपी राजनकुमार गौतमका अनुसार उनीहरु तीन दिनअघि (असोज २७ गते) साँझ घरबाट हराएका थिए । […] The post खाल्डोमा पुरिएको अवस्थामा दाङमा किशोर-किशोरीको शव भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पौडी खेल्दा बेपत्ता तीन बालकको शव भेटियाे

हेटौंडा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वाटर मकवानपुरले हेटौडा उप–महानगरपालिका वडा नम्बर ७ स्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनाको शव फेला पारेको छ । सो गणबाट सशस्त्र प्रहरी निरीक्षक जयबहादुर दथेपुथेको नेतृत्वमा खटिएको विपद् उद्धार तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीले शुक्रबार पौडी खेल्ने क्रममा बेपत्ता भएका ती बालकको […] The post पौडी खेल्दा बेपत्ता तीन बालकको शव भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

श्रीमतीको शव भेटियाे, श्रीमान् बेपत्ता

कपिलवस्तु । अविरल वर्षाले आएको बाढीले बगाउँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ । श्रीमानकाे अवस्था अज्ञात रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुको कोइली खोलाले आज बिहान एक दम्पतीलाई बगाउँदा उनीहरु बेपत्ता भएका थिए । वाणगङ्गा नगरपालिका– ७ बस्ने ३६ वर्षीय दिलकुमार सुनार र उनकी ३१ वर्षीया […] The post श्रीमतीको शव भेटियाे, श्रीमान् बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

काठमाडाैंकाे काभ्रेस्थलीमा एकै परिवारका चारजनाको शव भेटियाे, घटना रहस्यमय

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजनाको शव फेला परेको छ । तारकेश्वर नगरपालिका–२ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले केशव पाण्डे र सुनितासहित दुईजना छोराछोरीको शव फेला परेको जानकारी दिए । पाण्डे झुन्डिएको अवस्थामा फेला परेको र अरूको शरीरमा घाउ, चोटपटक […] The post काठमाडाैंकाे काभ्रेस्थलीमा एकै परिवारका चारजनाको शव भेटियाे, घटना रहस्यमय appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मच्छेगाउँमा घाइते अवस्थामा युवकको शव भेटियाे

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेगाउँमा शव फेला परेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका ४० वर्षीय रामकाजी थामी मृत फेला परेका हुन् । मच्छेगाउँको टखेल नयाँबस्तीस्थित डेराको भुईंमा लडेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । चार तले पक्की घरको भुइँमा रक्ताम्मे अवस्थामा थामीको शव फेला परेको थियो […] The post मच्छेगाउँमा घाइते अवस्थामा युवकको शव भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुर्खेतमा सात वर्षीया बालिका जंगलको खाल्डोमा गाडिएको अवस्थामा शव भेटियाे

काठमाडौं । सुर्खेतमा सात वर्षीया बालिका जंगलको खाल्डोमा अर्ध गाडिएको अवस्थामा मृत फेला परेकी छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–५ मेकबेतनी बस्ने धनबिर बिकको छोरी ७ वर्षीया गृष्मा बिक घर नजिकैको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् । शनिबार भोजमा गएर फर्केकी हजुरआमा घरमा आउँदा नातिनी नदेखेपछि खोजी सुरु गरिएको थियो । खोजी गर्ने क्रममा […] The post सुर्खेतमा सात वर्षीया बालिका जंगलको खाल्डोमा गाडिएको अवस्थामा शव भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

घरबाट हराएकी महिलाकाे खाल्डोमा गाडिएको अवस्थामा शव भेटियाे

इलाम । इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए । शव स्थानीय ३१ वर्षकी विनीता काफ्लेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । केही दिन अघिदेखि काफ्ले घरबाट हराएकी थिइन् । उनको परिवारले विनीता […] The post घरबाट हराएकी महिलाकाे खाल्डोमा गाडिएको अवस्थामा शव भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

परालले छोपेको अवस्थामा भक्तपुरमा महिलाको शव भेटियाे

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बागरेस्थित तरकारी खेती हुँदै आइरहेको जग्गामा टिनको कच्ची टहराभित्र एक महिलाको शव फेला परेको छ । नामथर वतन नखुलेकी अन्दाजी ३५-४० वर्ष उमेरीकी महिलाको लास परालले छोपेको अवस्थामा फेला परेको हो । जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठको कमान्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई […] The post परालले छोपेको अवस्थामा भक्तपुरमा महिलाको शव भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.