मच्छेगाउँमा घाइते अवस्थामा युवकको शव भेटियाे

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेगाउँमा शव फेला परेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका ४० वर्षीय रामकाजी थामी मृत फेला परेका हुन् । मच्छेगाउँको टखेल नयाँबस्तीस्थित डेराको भुईंमा लडेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । चार तले पक्की घरको भुइँमा रक्ताम्मे अवस्थामा थामीको शव फेला परेको थियो […] The post मच्छेगाउँमा घाइते अवस्थामा युवकको शव भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सप्तरीमा एक युवकको शव भेटियाे, अर्का एक घाइते

सप्तरी – सप्तरीमा एक युवकको शव भेटिएकाे छ । अर्का एक गम्भीर घाइते भएको अवस्थामा भेटिएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज शुक्रवार बिहान घर नजिकै हिलोमा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशकुमार सिंहका अनुसार मण्डलको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ । स्थानीयवासीले बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीका अनुसार घाइते ...

दुर्घटनाग्रस्त अवस्थामा मोटरसाइकलसहित युवकको शव भेटियाे

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–१२ नयाँगाउँको सडक छेउमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

धरानमा एक युवकको शव भेटियाे, पहिचान नखुलेको प्रहरीको भनाइ

धरानको वडा नं ५ तल्लो देउरालीस्थित सेउती खोलाको बगरमा एक युवकको शव भेटिएको छ। ईलाका प्रहरी कार्यालय धरानका अनुसार आज बिहान करिब साढे ५ बजे अन्दाजी ३०/३५ वर्षका युवकको शव भेटिएको हो।...

त्रिवि परिसरमा युवककाे शव भेटियाे

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरमा एक युवकको शव भेटिएको छ ।