तत्कालीन सत्ता गठबन्धन भत्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन् । नेकपा एमालेसहितका दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेपछि नेता नेपाल आगामी भूमिका र पार्टीको भविष्यलाई लिएर गम्भीर भए पनि कुनै ठोस निर्णयमा पुग्न सकेका छैनन् ।अध्यक्ष नेपालले बुधबार आफ्नो पार्टीका जिल्ला र प्रदेशका जिम्मेवार नेताहरुसँग भर्चुअल माध्यमबाट आगामी मार्ग र भूमिकाबारे सल्लाह र सुझाव लिएका छन् । अब