युक्रेनमा युद्धका कारण प्रतिसेकेन्ड एक नाबालक शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र संघले जनाएको छ।राष्ट्रसंघको प्रारम्भिक आँकलनअनुसार रूसी आक्रमण शुरु भएदेखि अहिले पूर्वी युरोपेली यस देशबाट भागेका मानिसहरूको कुल संख्या ३० लाखभन्दा बढी पुगेको छ। 'अहिले युक्रेनबाट छिमेकी देशमा मानिसको प्रवाह ३० लाखभन्दा बढी पुगेको हामीले प्रक्षेपण गरेका छौँ। यीमध्ये लगभग १ लाख ५७ हजार तेस्रो देशका नागरिक छन्,' अन्तरराष्ट्रिय आप्रवासी संगठन (आइओएम) का प्रवक्ता पल डिलनले जेनेभामा भने।फेब्रुअरी २४ म