गण्डकीका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ ग्रहण गरेकै दिनदेखि प्रदेशसभाबाट सांसदहरुले सेवा सुविधा पाउने व्यवस्था छ ।६० सदस्यीय गण्डकी प्रदेशसभामा सभामुख, उपसभामुखको निर्वाचन हुन बाँकी छ । प्रदेशसभामा पदाधिकारी र सांसदहरुको सेवासुविधा फरकफरक हुन्छ । शपथ ग्रहणसँगै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पहिलो अधिवेशन आह्वान गरे पनि नयाँ सरकार गठन गर्न आह्वान गरेका छैनन् । गुरुङले पुस १८ गते पहिलो अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयका अनुसार पुस १८ गते पहिलो अधिवेशन बस्ने छ