‘कोषमा आबद्ध हुँदा श्रमिकको सेवा/सुविधा कटौती हुँदैन’

काठमाडौं, नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट)का महासचिव जनक चौधरीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा श्रमिकको सेवा/सुविधा कटौती नहुने बताएका छन्। उनले आज आयोजित जीफन्टको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्। भने, “कोषमा आबद्ध हुँदा श्रमिकहरुको खाईपाई आएको सुविधा कटौती हुने कुरा गलत हो। कोषमा श्रमिकहरुको कुनै पनि सेवा सुविधा कटौती गर्ने व्यवस्था छैन।”