चीनका सशस्त्र बलहरूले ताइवानका महत्त्वपूर्ण बन्दरगाह र विमानस्थललाई नाकाबन्दी गर्न सक्ने ताइवानको रक्षा मन्त्रालयले मंगलवार जनाएको छ ।
चीनबाट गम्भीर सैन्य खतरा आइलागेको भन्दै ताइवानले यो पछिल्लो मूल्यांकन गरेको हो ।
ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउनका लागि चीनले बलप्रयोग समेत गर्न सकिने बताउँदै आएको छ । उसले ताइवान नजिक सैन्य गतिविधि पनि बढाउँदै लगेको छ । ताइवानको एयर डिफेन्स जोनमा लगातार युद्धविमानहरू उडाइरहेको छ ।
दुई दुई वर्षमा सार्वजनिक गर्ने प्रतिवेदनमा ताइवानको रक्षा मन्त्रालयले चीनबाट ग्रे जो...