चोभारमा निर्माण सम्पन्न सुक्खा बन्दरगाह सञ्चालनमा सरकारले ढिलाइ गरिएको छ । काठमाडौंको चोभारस्थित २ सय २० रोपनी क्षेत्रफलमा १ अर्ब ६० करोड रुपैयाँको लगानीमा सुक्खा बन्दरगाह बनिसके पनि सञ्चालनमा आउन सकेको छैन । प्रारम्भिक रूपमा नेपाल इन्टरमोडल यातायात विकास समितिलाई सुक्खा बन्दरगाह सञ्चालनका लागि सरकारले जिम्मा दिने तयारी गरेको बताइए पनि अहिलेसम्म निर्णय भएको छैन । यस्तै सीमापारिबाट सामान चोभारसम्म कसरी ल्याउने भन्ने विषयमा पनि मोडालिटी बन्न सकेको छैन ।
सरकारले सञ्चालनका लागि जिम्मा दिएमा आफूहरू तयार रहेको कार्यकारी निर्द...