काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले पदभार ग्रहण गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवकाे उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालबाट पद तथा गोपनीयताको शपथ लिइसकेपछि उनले सिंहदबारस्थित राष्ट्रियसभाको कार्यकक्षमा पदभार ग्रहण गरेकी हुन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकले उपाध्यक्ष निर्वाचित गरेको थियो । जसमा घिमिरेले नेपाली कांग्रेसकी […]