पटक-पटक विवादमा तानिने पात्र हुन्, दीपक मनाङे । गण्डकी प्रदेशसभामा डेढ महिना अवधिमा ३ पटक मन्त्री बनिसकेका राजीव गुरुङ अर्थात् दीपक मनाङे पछिल्लो अभिव्यक्तिले फेरि विवादमा आएका छन् ।
उनको एक अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै कारवाही गर्नुपर्ने माग राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गरेको छ ।
परिषद्का निमित्त सदस्य–सचिव पुरेन्द्रविक्रम लाखेले सोमवार विज्ञप्ति जारी गर्दै मन्त्री राजीव गुरुङले दिएको अभिव्यक्ति अराजक एवं अशिष्ट रहेकाले कारवाही गर्न माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदे...