पर्वत : जिल्लाको फलेवास नगरपालिका–८ ठानामौलाका विक्रम नेपाली घरनजिकको सामुदायिक विद्यालयमा बच्चालाई पढाउन पाएपछि खुसी छन्। नहुन् पनि कसरी, विद्यार्थीको अभावमा समायोजनमा परेपछि पाँच वर्षसम्म बन्द रहेको छाम्मीको जनता प्राथमिक विद्यालय अहिले फेरि सुचारु भयो।नजिकमा सामुदायिक विद्यालय छैनन्, झण्डै एक घण्टा टाढा पर्छ लिमिठाना माध्यमिक विद्यालय, त्यो पनि जंगलको बाटो। अवस्था यस्तो थियो कि जब बच्चा विद्यालय जाने उमेरको हुन्छ, उसको लागि विद्यालयको खोजी गर्दै बसाइँ नै सर्नुपर्छ।‘बच्चा विद्यालय