काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू मेयरमा निर्वाचित भएपछि डेढ वर्षको अवधिमा धेरै काम सम्पन्न गरिसकेको दाबी गरेका छन् । उनले भने, “म मेयर भएको अहिले १७ महिना पूरा भएर १८ महिना लाग्यो । यो अवधिमा हामीले धेरै कुरा सिकेका छौं । हिजोभन्दा आज धेरै काम भएका छन् । यथार्थ धरातलमा रहेर समीक्षा गर्नुपर्छ ।”