पूर्वमेयर विद्यासुन्दर शाक्य काेराेना संक्रमित

काठमाडौँ –  काठमाडौँ महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्य काेराेना संक्रमित भएका छन्। आज (मंगलबार) बिहान परीक्षण गर्दा शाक्यमा काेराेना संक्रमण पुष्टि भएकाे हाे। शाक्यमा रुघाखाेकी र ज्वराे आएपछि उनले काेराेना परीक्षण गराएकाे उनकाे निजी सचिवालयले जनाएकाे छ। शाक्य अहिले हाेम आइसाेलेसनमा बसेका छन्।