रुसले युरोपमा आपूर्ति गर्दै आएको ग्यास भारी मात्रामा कटौती गर्ने भएको छ । रुस-युक्रेन युद्ध चलिरहँदा युक्रेनको समर्थन गरेका युरोपेली देशमा रुसले पठाउँदै आएको ग्यास कटौती गर्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ ।
रुसले युरोपमा ग्यास पठाउने प्रमुख पाइपलाइन नर्ड स्ट्रिम १ बाट निर्यात रोकेपछि युरोको भाउ दुई दशककै न्यून बिन्दुमा पुगेको छ । जाडो नजिकिँदै गर्दा युरोपेली अर्थतन्त्रहरूमा रुसी आपूर्ति कटौती भएसँगै ऊर्जा निचोड तीव्र हुँदै गएको छ भने वित्तीय बजारहरू हल्लिएका छन् ।
रुसले बन्द गरेको १० दिनपछि मुख्य पाइप लाइनबाट युरोपमा ग्यास निर्यातलाई निरन्तरता दिएको छ । मर्मत गर्ने भन्दै रुसको मुख्य ग्यास कम्पनी गाजप्रोमले मुख्य पाइपलाइन नोर्ड स्ट्रिम १ मार्फत हुने ग्यास निर्यात १० दिनदेखि रोकेको थियो । गाजप्रोमले आज बिहीवार युरोपमा ग्यास निर्यात सुरु गरेको बीबीसीले जनाएको छ । तर पाइप लाइनको क्षमताको ४० प्रतिशत ग्यास मात्रै रुसले युरोपमा पठाइरहेको खबरमा उल्लेख छ । रुसले मर्मतका लागि नोर्ड स्ट्रिम १ मार्फत ग्यास निर्यात रोकेपछि युरोपेली देशले रुसलाई इन्धनमा राजनीति गरेको आरोप लगाउँदै रुसको ग्यास प्रय...
रुसले आजदेखि युरोपका लागि प्रमुख पाइपलाइनमार्फत ग्यास आपूर्ति सुरु गरेको छ ।पाइपलाइन अपरेटरले रूसले आफ्नो ठूलो ऊर्जा निर्यात पश्चिमी प्रतिबन्धहरू विरुद्ध प्रयोग गर्ने बताएको छ ।यसअघि पाइपलाइन अपरेटरका प्रवक्ताले रोयटर्स समाचार एजेन्सीलाई १० दिनको मर्मतसम्भारपछि नर्ड स्ट्रिम १ पाइपलाइन पुनः सुरु गर्न धेरै घण्टा लाग्न सक्ने बताए ।पाइपलाइन पुनः सुरु भएको बेला रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा रुसी सेनाको निशाना अब आफ्नो पूर्वी भाग डोनबासबाट अघि बढेको बताएका छन् ।यहाँ चिन्ता के छ भने रूसको