नर्सरी व्यवसायी सङ्कटमा

काठमाडौँ,१३ पुष । कालीकोटमा बिरुवा बिक्री नहुँदा नर्सरी व्यवसायी सङ्कटमा परेका छन् । स्थानीय रुपमा उत्पादन गरिएका नगदे बालीका बिरुवा बिक्री नहुँदा उनीहरु समस्यामा परेका हुन् । जिल्लामा उत्पादन गरिएका स्याउ, सुन्तला, अनार, कुरिल्लो, ओखर, कागती, अनार, सितलचिनी र लौठलगायतका बिरुवा बिक्री भएको छैन । नर्सरीमा उत्पादन गरिएका बिरुवा बिक्री नहुँदा आफू मर्कामा परेको पचालझरना […]

सम्बन्धित सामग्री

राष्ट्रिय बागवानी प्रदर्शनी सकियो, एक करोडभन्दा बढीको कारोबार

नर्सरी व्यवसायी संघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय बागवानी प्रदर्शनी मेलामा एक करोडभन्दा बढी आर्थिक कारोबार भएको छ।  १६ चैतबाट सुरु भएको एक्सपो सोमबार सकिएको छ। काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा गरिएको चार...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : वनमन्त्री साह

काठमाडौँ, १६ चैत । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा नर्सरीका बिरुवाको आयात विस्थापित गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । नर्सरी व्यवसायी सङ्घले आजदेखि भृकुटीमण्डपमा सुरु गरेको बागवानी प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री साहले फूल निर्यात बढाउनुपर्ने बताएका हुन् । उनले जडीबुटी तथा फूल उत्पादनको नेपालमा राम्रो सम्भावना रहेकाले उत्पादन बढाउन सबै […]

हरित अर्थतन्त्रका विकासका लागि बागवानी प्रदर्शनी सुरु

काठमाडौँ, १६ चैत । नर्सरी व्यवसायी सङ्घले आजदेखि बागवानी प्रदर्शनी सुरु गरेको छ । आइतबारसम्म चल्ने बागवानी प्रदर्शनीमा एक करोडको व्यापार गर्ने लक्ष्य व्यवसायीको छ । आर्थिक मन्दीले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायी नर्सरी व्यवसायबाट थप मनोबल सिर्जना गर्न बागवानी प्रदर्शनी आयोजना गरिएको सङ्घको भनाइ छ । आज बिहान ९ बजे वन तथा […]

पुष्पमेलामा व्यापार नहुँदा व्यवसायी खिन्न

काठमाडौँ : तिहार आउन दुई साता बाँकी रहँदा भृकुटीमण्डपमा फूलको उत्सव चलिरहेको छ। नर्सरी व्यवसायी सङ्घले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो’ मा अवलोकनकर्ताको भीड लागे पनि फूलको बिक्री सोचेजस्तो नभएपछि व्यवसायी खिन्न भएका छन्। ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको सुवास नर्सरीका सञ्चालक सुवास लामा प्रदर्शनीमा अवलोकनकर्ताको भीड लागे पनि बिक्री उत्साहजनक नरहेको बताउँछन्। उनले भने, ‘गोदावरी, इनडोर तथा आउटडोर प्लान्ट राखिएको छ तर अवलोककर्ता खरिद नगरी फर्कन्छन्।’ नर्सर

‘तिहार फ्लोरा एक्स्पो २०८०’ भोलिदेखि

नर्सरी व्यवसायी संघले फूल तथा बत्तीको पर्व तिहारलाई मध्यनजर गर्दै ‘तिहार फ्लोरा एक्स्पो २०८०’ को आयोजना गर्ने भएको छ । मेला १४ देखि १८ कात्तिकसम्म काठमाडौंको भृकुटीमण्डमा हुने भएको हो । मेलामा देशका...

बिक्नै छाडे जुम्ली स्याउका बिरुवा

चन्दननाथ नगरपालिका २ जुम्लाका नर्सरी व्यवसायी हरिबहादुर कामीले हालसम्म करिब ३० देखि ३२ लाखका जुम्ली स्याउका बिरुवा जिल्ला बाहिर निर्यात गरेका छन् । गाउँमै ‘राजेश फलफूल नर्सरी’बाट उत्पादित झण्डै ६५ हजार रैथाने जुम्ली स्याउका बिरुवा निर्यात गरेका हुन् । हरि बहादुरले नर्सरीमा करिब ९० हजारबढी बिरुवा उत्पादन गरेका थिए । मुस्किलले ६५ हजार बिरुवा बाहिरी […]

संकटमा नर्सरी व्यवसायी

रौतहट। रौतहटको कटहरिया नगरपालिका–३ बिर्ति प्रस्टोका गाउँको मुख्य आयस्रोत फलफूल लगायत विभिन्न बिरुवाका बेर्ना उत्पादन तथा विक्री हो । तर उत्पादित बिरुवाले उचित मूल्य नपाउँदा व्यवसाय संकटमा पर्दै गएको नर्सरी सञ्चालकहरूले बताएका छन् । नर्सरीमा उत्पादित बिरुवाको मूल्य विगतको तुलनामा आधा घटेकाले नर्सरी व्यवसायीहरू मर्कामा परेका हुन् । यसअघि रू. ५० सम्ममा विक्री हुने बिरुवा अहिले २० देखि २५ रुपैयाँमा विक्री हुने गरेको नर्सरी व्यवसायीले बताएका छन् । ‘दिलीप फलफूल नर्सरी’ सञ्चालन गर्दै आएका बिदयालाल रौनियारका अनुसार नर्सरीमा उत्पादित बिरुवाले लगानीअनुसारको मूल्य पाउनै मुश्किल भइरहेको छ । ‘पहिला बिरुवा अधिकतम ७५ रुपैयाँसम्ममा पनि विक्री हुन्थ्यो,’ उनले भने, ‘त्यति बेला नर्सरी पेशामा लागेकाहरू मनग्गे आम्दानी गर्थे । तर अहिले त्यस्तो अवस्था छैन ।’ गाउँमा ७० बिघाभन्दा बढी क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवाका नर्सरी छन् । नर्सरीबाट गतिलो आम्दानी हुन छाडेपछि यहाँका अधिकांश व्यवसायी निराश छन् । ‘नर्सरीमा काम गर्ने कामदारको पारिश्रमिक दिन समेत धौ धौ भइरहेको छ,’ रौनियारले भने, ‘घाटा खाएर काम गर्नुपर्ने बाध्यता छ ।’ नर्सरी व्यवसायीको पीडा तीनै तहको सरकारले नबुझेको नर्सरी सञ्चालकहरूको गुनासो छ । खासगरी स्थानीय सरकारले यसमा विशेष ध्यान दिनुपर्ने उनीहरू बताउँछन् । बिर्ति प्रस्टोका गाउँमा करीब ७०० घरधुरी छन् । यहाँ दर्ता गरिएका फलफूल नर्सरी तथा बागवानी फार्म करीब २०० ओटा रहेको कृषि ज्ञान केन्द्र गौरले बताएको छ । नर्सरीमा विशेषगरी फलफूल तथा घर सजावट तथा काठ प्रयोजनका रूखका बिरुवा उत्पादन हुने गरेका छन् । उत्पादित बिरुवा देशका विभिन्न स्थानमा पुग्ने गरेका छन् ।

नर्सरी व्यवसायी सङ्कटमा

कालीकोट – कालीकोटमा बिरुवा बिक्री नहुँदा नर्सरी व्यवसायी सङ्कटमा परेका छन्। स्थानीय रुपमा उत्पादन गरिएका नगदे बालीका बिरुवा बिक्री नहुँदा उनीहरु समस्यामा परेका हुन्। जिल्लामा उत्पादन गरिएका स्याउ, सुन्तला, अनार, कुरिल्लो, ओखर, कागती, अनार, सितलचिनी र लौठलगायतका बिरुवा बिक्री भएको छैन। नर्सरीमा उत्पादन गरिएका बिरुवा बिक्री नहुँदा आफू मर्कामा परेको पचालझरना गाउँपालिका–६ स्थित तुडिखेतमा रहेको […]

कालीकोटमा नर्सरी व्यवसायी सङ्कटमा

कालीकोटमा बिरुवा बिक्री नहुँदा नर्सरी व्यवसायी सङ्कटमा परेका छन् । स्थानीय रुपमा उत्पादन गरिएका नगदे बालीका बिरुवा बिक्री नहुँदा उनीहरु समस्यामा परेका हुन् । जिल्लामा उत्पादन गरिएका स्याउ, सुन्तला, अनार, कुरिल्लो, ओखर, कागती, अनार, सितलचिनी र लौठलगायतका बिरुवा बिक्री भएको छैन । नर्सरीमा उत्पादन गरिएका बिरुवा बिक्री नहुँदा आफू मर्कामा परेको पचालझरना गाउँपालिका–६ स्थित तुडिखेतमा […]

बिरुवा बिक्री नभएपछि समस्यामा नर्सरी व्यवसायी

सल्यान : नर्सरीमा उत्पादन भएका विभिन्न फलफूलका विरुवा बिक्री नहुँदा सल्यानका नर्सरी सञ्चालक समस्यामा परेका छन्।लामो समयसम्मको निषेधाज्ञा र प्रत्येक स्थानीय तहहरुले आफैं नर्सरी बनाउन थालेपछि कागती, सुन्तला, अनार, टिमुरलगायतका दर्जनभन्दा बढी फलफूल र घाँसका विरुवा बिक्री हुन छाडेको हो।नर्सरीका विरुवा खरिद गर्ने दलाल र संघ संस्थाको मिलेमतोका कारण यो वर्ष विरुवा बिक्री हुन नसकेको बागचौर नगरपालिका–२ का टीकाराम वलीले बताए। पाँच रोपनीमा उत्पादन गरेको विरुवा अहिलेसम्म ३० हजार मात्र बिक्री भएको उनको