हरित अर्थतन्त्रका विकासका लागि बागवानी प्रदर्शनी सुरु

काठमाडौँ, १६ चैत । नर्सरी व्यवसायी सङ्घले आजदेखि बागवानी प्रदर्शनी सुरु गरेको छ । आइतबारसम्म चल्ने बागवानी प्रदर्शनीमा एक करोडको व्यापार गर्ने लक्ष्य व्यवसायीको छ । आर्थिक मन्दीले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायी नर्सरी व्यवसायबाट थप मनोबल सिर्जना गर्न बागवानी प्रदर्शनी आयोजना गरिएको सङ्घको भनाइ छ । आज बिहान ९ बजे वन तथा […]

सम्बन्धित सामग्री

क्यान्सर अस्पताल परिसरमा निर्माण हुँदै नमुना बागवानी फार्म

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा बृहत्तर बागवानी फार्म तथा नर्सरी विकास कार्यक्रम सञ्चालमा ल्याइने भएको छ । अस्पताल र बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच सहकार्य गरेर नेपालकै नमुना फार्म निर्माण गर्न लागिएको हो । अस्पताल स्थापना हुनुअघि सो क्षेत्रमा फार्म नै रहेको थियो । हाल अस्पतालले ओगटेको क्षेत्रबाहेक ५० बिघाभन्दा बढीमा फलफूलका रुख भए पनि आवश्यक व्यवस्थापन अभावमा व्यावसायिक बन्न सकेको छैन । दुई संस्थाबीच गरिएको सम्झौतामा मन्त्रालयले बृहत्तर बागवानी फार्म तथा नर्सरी विकासका लागि कार्ययोजनाका आधारमा ससर्त अनुदान उपलब्ध गराउनेछ । यसैगरी नर्सरीबाट उत्पादित आँप, लिची, कटहर, एभोकाडो, सपोटालगायत बहुवर्षे फलफूलको गुणस्तरीय बेर्ना वितरण एवं व्यवस्थापनका लागि मन्त्रालयले आफ्ना मातहतका कृषि ज्ञान केन्द्रसँग आवश्यक समन्वय गर्नेछ । अस्पतालले बागवानी फार्म तथा नर्सरी विकास योजना तयार गरी मन्त्रालयबाट प्राप्त अनुदानको परिचालन गर्नेछ । बागवानी फार्म तथा नर्सरीमा कर्मचारी परिचालन तथा फार्मको सुरक्षाको प्रबन्ध अस्पतालले मिलाउने सम्झौतामा उल्लेख छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार अस्पताल र मन्त्रालयको समन्वयमा सञ्चालक समिति गठन गरिनेछ । सञ्चालक समितिको काम, कर्तव्य र अधिकार निर्धारण गरिनेछ । सो समितिले फार्म तथा नर्सरी विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्ययोजना तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्नेछ । त्यहाँ वार्षिक तीन लाखभन्दा बढी बिरुवा उत्पादन गरी कृषकलाई सहुलियत दरमा उपलब्ध गराउने लक्ष्य राखिएको ढकालले जानकारी दिए । त्यहाँबाट भएको आम्दानीको ७० प्रतिशत कार्यक्रम सुदृढीकरणका लागि खर्च गरिनेछ भने बाँकी ३० प्रतिशत क्यान्सरका बिरामीको उपचारमा सहयोग गरिनेछ । पहिलो पाँच वर्षपछि मन्त्रालय र अस्पतालको आपसी समझदारीमा फार्मको व्यवस्थापन र सञ्चालन गरिनेछ । अस्पताल परिसरमा उत्पन्न हुने फोहोरमैला व्यवस्थापन गरिने दुई संस्थाबीचको सम्झौतामा उल्लेख छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार हाल वार्षिक तीन लाख मात्रै आम्दानी भइरहेको छ । व्यवस्थित गर्दै गर्दा आम्दानी बढ्ने, जग्गाको सदुपयोग हुने, भएका बिरुवाको संरक्षण हुने, अस्पताल परिसर हरियाली र सुन्दर हुने उनले बताए । यहाँका फलफूलका रुख उच्च गुणस्तरका रहेकाले तिनीहरू कलमी गरेर उत्पादन हुने बिरुवा उच्च स्तरको हुने उनको भनाइ छ । अस्पतालको बगैंचा क्षेत्रमा अवैध रूपमा मानिसको प्रवेश पनि रोकिने गौतम बताउँछन् । उनले भने, ‘भइरहेका फलफूलका रुख हरेक वर्ष २०/२५ प्रतिशत मर्न थालेका छन् । तिनीहरूको ठाउँमा नयाँ बिरुवा रोपिनेछ ।’ अस्पतालले बागवानी व्यवस्थापनका लागि आउँदो वर्ष मन्त्रालयसँग पाँच करोड रुपैयाँ माग गरेको छ । अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्मा यो नेपालकै नमुना बागवानी फार्म बन्ने बताउँछन् । तत्कालीन अवस्थामा अस्पताल बन्दै गर्दा अस्पतालले ओगटेको भागबाहेकका क्षेत्रमा बागवानीको प्रवद्र्धन गर्दै जाने उल्लेख भएको उनको भनाइ छ । शर्माले भने, ‘अस्पतालमा रहेको बागवानी विभागमा न्यून कर्मचारीले मात्रै काम गर्दै आएका छन् । यसले मात्रै धान्न सकेन ।’ ०४८ सात चैत १५ गते नेपाल र चीन सरकारबीच १०० श्ययाको सुविधासम्पन्न क्यान्सर अस्पताल स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपछि ०४९ साल साउन २७ गते भरतपुरस्थित यज्ञपुरी बागवानी फार्मको ७५ बिघा १० कठ्ठा जमिन उपलब्ध गराइएको हो । रासस