बिरुवा बिक्री नभएपछि समस्यामा नर्सरी व्यवसायी

सल्यान : नर्सरीमा उत्पादन भएका विभिन्न फलफूलका विरुवा बिक्री नहुँदा सल्यानका नर्सरी सञ्चालक समस्यामा परेका छन्।लामो समयसम्मको निषेधाज्ञा र प्रत्येक स्थानीय तहहरुले आफैं नर्सरी बनाउन थालेपछि कागती, सुन्तला, अनार, टिमुरलगायतका दर्जनभन्दा बढी फलफूल र घाँसका विरुवा बिक्री हुन छाडेको हो।नर्सरीका विरुवा खरिद गर्ने दलाल र संघ संस्थाको मिलेमतोका कारण यो वर्ष विरुवा बिक्री हुन नसकेको बागचौर नगरपालिका–२ का टीकाराम वलीले बताए। पाँच रोपनीमा उत्पादन गरेको विरुवा अहिलेसम्म ३० हजार मात्र बिक्री भएको उनको