न जुट्न न फुट्न सकेको नेकपा एमालेको माधव नेपाल समुह आफ्नो कित्ता क्लियर पार्न आन्तरिक छलफलमा जुटेको छ । पछिल्लो राजनीतिक परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको यो समुह संसद पुनःस्थापना र देउवा नेतृत्वको सरकार गठनपछि मझधारमा रहेको छ । पार्टीभित्रको विवाद कायमै रहेका बेला एकता कि विभाजन भनेर प्रष्ट लाइन नसमातेको यो समूहका वरिष्ठ नेता माधव नेपालले आफ्नो समूहका नेताहरुसँग छलफल राखेका हुन् । एमाले विवादमा मिलाउन गठित कार्यदलमा नेता नेपालको तर्फबाट सदस्य रहेका एमाले नेता गोकर्ण विष्टले स्थायी कमिटीक