काठमाडौं : प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार दुई घण्टा भेटवार्ता गरेपछि नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ।ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिन र ओलीसँगको भेटवार्ताको विषयलाई ब्रिफिङ गर्नका लागि माधव समूह बुद्धनगरस्थित नेतृ सहाना प्रधान प्रतिष्ठानमा छलफलमा जुटेका हुन्। पार्टी फुटको अन्तिम कसरतमा रहेको ओली र नेपालबीच चार महिनापछि बुधबार साँझ एक्लाएक्लै भेटवार्ता भएको थियो। दोस्रो तहको नेताहरूको दबाब थेग्न नसक्ने अवस्था आएपछि ओली र नेपा