काठमाण्डाै – नेकपा एमालेको तर्फबाट काठमाण्डाै महानगरपालिकाको मेयरमा उम्मेदवार दिनुभएका केशव स्थापितले आफू मेयर बनेपछि काठमाण्डाैलाई विना पर्खालको खुला काठमाण्डाै बनाउने घोषणा गर्नुभएको छ । आज आइतवार काठमाण्डाैमा आयोजित बाग्मती किनारका पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारसँगको अन्तरक्रिया तथा प्रतिबद्धता कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मेयरका उम्मेदवार स्थापितले अझै पनि काठमाण्डाैमा एक तिहाइ भाग खुला भएको दाबी गर्नुभयो । उहाँले काठमाण्डाैभित्र रहेका दुई सय ४७ वटा निजी तथा सरकारी ठाउँमा लगाएका...