ब्राजिलले पाँचदेखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान सुरु गरेको अधिकारीलाई उदृत गरी ब्राजिलियाली सञ्चारमाध्यम सीएनएन ब्रासिलले जनाएको छ । ब्रासिलका अनुसार यो उमेर समूहमा खोप लगाउने पहिलो बच्चा आठ वर्षीय आदिवासी बालक रहेका छन् ।उनलाई साओ पाउलो अस्पतालमा खोप लगाइएको हो । डिसेम्बर १६ मा ब्राजिलको स्वास्थ्य नियामक एन्भिसाले पाँच देखि ११ वर्षका बालबालिकाहरूमा प्रयोग गर्नका लागि फाइजर–बायोएनटेकको कोभिड–१९ विरूद्धको खोपलाई अनुमोदन गरेको थियो ।यो खोप बालबालिकाको लागि लगाउन सुर