बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल–टिभी नदेखाउन चिकित्सकहरूले आग्रह गरेका छन् । मोबाइल–टिभी धेरै समय हेर्दा बालबालिकामा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरूले यस्तो नगर्न आग्रह गरेका हुन् । चिकित्सकहरू आवद्ध रहेको रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपाल, रुपन्देहीले शनिबार ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल–टिभी नदेखाउँ’ अभियान सुरु गर्दै बालबालिकामा मोबाइलको नकारात्मक प्रभावका …