नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि आज पार्टी काममा फर्किएका छन् । पार्टी केन्द्रीय कार्यालय, मिनभवन, आलोकनगरमा दिउँसो २ देखि साँझ ५ बजेसम्म उपस्थित भइ उनी प्रमुख रहेको विदेश विभागको पहिलो बैठकमा सहभागी भए ।उनले विभागका सदस्यसँग विभागका आगामी कामबारे छलफल गरे । पूर्वप्रधानमन्त्री खनालले विदेश विभागको सचिवमा डा.शङ्कर खतिवडालाई मनोनयन गरेका छन् । उनले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी ल