काठमाडौं : काठमाडौंमा ४० प्रतिशत जनताले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन्। शुक्रबारसम्म पहिलो डोज मात्रै लगाउने ४८ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काका अनुसार जिल्लामा पूर्ण खोप लगाउनेको संख्या शुक्रबार बेलुकासम्म ९ लाख १४ हजार ४८५ जना पुगेको छ। यस्तै पहिलो मात्रा लगाउनेको संख्या ११ लाख ७ हजार ९८० जना रहेको छ। हालसम्म बागमती प्रदेशमा २९ प्रतिशतले पूर्ण खोप लगाएका छन्।देशभर १५ प्रतिशले पूर्ण खोप पाउँदा काठमाडौंमा भने ४० प्रतिशतलाई