२७ असार, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ । सोमबार बुटवलमा आयोजित एक कार्यक्रममा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जिल्ला खोप समन्वय समितिबाट पूर्ण खोप सुनिश्चित घोषणाका लागि अनुमति प्रदान भएको जानकारी गराए । उनले बुटवलमा रहेका १ लाख ९५ हजार […]