सिद्धार्थनगर कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड–१९ रोगविरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा भएको छ । सिद्धार्थनगरमा १२ वर्षमाथिका ६२ हजार १५६ जनालाई खोप लगाउनुपर्नेमा लक्ष्यभन्दा बढी खोप लगाइएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए । नगरपालिकाका ६२ हजार ९७५ जनालाई पूर्ण मात्रा खोप  लगाइएको उनले जानकारी दिए ।जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले नगरपालिकालाई कोभिडविरुद्धको पूर्ण खोप पालि