पूर्वअर्थसचिव डा. रामप्रसाद घिमिरे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को कार्यकारी निर्देशक नियुक्त भएका छन्। निजामती सेवाको उमेरहदका कारण गत फागुनमा सचिव पदबाट अनिवार्य अवकाश पाएका घिमिरेले एक वर्ष नबित्दै सरकारी कर्मचारीको प्रशिक्षण तथा क्षमता विकासमा काम गर्ने संस्थाको नेतृत्व पाएका हुन्। उनी ५८ वर्षे उमेरहदका कारण सचिवको पाँचवर्षे कार्यकाल पूरा नहुँदै अवकाशमा गएका थिए। […]