स्वास्थ्य वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा शुरु भएको छ । चैत्र २७ देखि २९ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न विषयमा गरिएका अनुसन्धानलाई जनतामाझ लैजाने विषयमा छलफल हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।उनले सरकारले अनुसन्धानको क्षेत्रमा लगानी बढाउँदै जानु पर्ने बताए । सदस्यसचिव ज्ञवालीले सरकारले अनुसन्धान संस्था विकास गर्ने, अनुसन्धानकर्ताहरूको वृत्ति विकास गरेर उनीहरुलाई अभ्यास गर्ने वातावरण मिलाउनु पर्ने बताए । उनले नेपाल स